Sunday, June 28News That Matters

भिरबाट लडेर शेर्पाको मृत्यु

ओखलढुंगा,जेठ ९ गते ।

ओखलढुंगामा भिरबाट लडेर पासाङ फुरी शेर्पाको मृत्यु भएको छ । च्याउ खोज्न गएका  सिद्धिचरण–७  दोल्पु बस्ने ४५ बर्षीय शेर्पाको लडेर मृत्यु भएको हो ।

घरबाट हिजो दिउँसो ५ बजे जंगलमा च्याउ खोज्न गएका शेर्पा खर पाखाबाट लडेर घटनास्थलमै  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

च्याउन खोज्न गएका शेर्पा अबेर सम्म पनी घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला पारी प्रहरीमा खबर गरेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।