Sunday, June 7News That Matters

भिरबाट लडेर १ जनाको मृत्यु

ईलाम,माघ ९ गते ।

ईलाम रोङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । रोङ गाँउपालिका–२ बर्फल्याङ ढोरेनी निबासी २७ बर्षीय टिका कालीकोटेको मृत्यु भएको हो ।

घर नजिकै रहेको भिरबाट बुधबार दिउँसो करिब पौने २ बजे करिब दुई सय मिटर तल खसेर कालीकोटे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

भिरबाट लडेर मृत अवस्थामा कालिकोटलाई स्थानीयहरुले देखेपछि ईलाका प्रहरी कार्यालय पशुपतिनगरमा जानकारी गराएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाउसाथ तत्काल प्रहरी टोली घटना स्थल पुगी थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।