
झापा,माघ ९ गते ।
झापा अर्जुनधाराबाट लागुऔषधसहित एक जना पक्राउ परेको छ । अर्जुनधारा–११ निबासी २४ बर्षीय आशिष बस्नेत ब्राउन सुगर सहित पक्राउ परेको हो ।
बिर्तामोड बुट्टाबारी चौकबाट बुधबार दिउँसो साढे ४ बजे बस्नेतलाई ९ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । पक्राउ परेका बस्नेतलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
