Sunday, June 7News That Matters

छोराद्धारा आमा माथी खुकुरी प्रहार

सुनसरी, माघ ९ गते ।

सुनसरी ईटहरीमा छोराले आमालाई खुकुरी प्रहार गरेको छ । ईटहरी–२ हवाइ चोक निबासी १८ बर्षीय पारस कार्कीले आफ्नै आमालाई खुकुरी प्रहार गरेको हो ।

घरमा बसिरहेको अवस्थामा ३६ बर्षीया कबिता कार्कीलाई गतराती साढे १० बजे पारसले खुकुरीले शरीरको बिभिन्न भागमा प्रहार गरी घाईते बनाएको प्रहरीले जनाएको छ । घाईते कविताको नोबेल अस्पताल बिराटनगरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

आमा माथी खुकुरी प्रहार गर्ने पारस कार्कीलाई भनि खुकुरी सहित पक्राउ गरी थप अनुसन्धान भईरहेको  प्रहरीले जनाएको छ ।