
पूर्णपुष्टि, साउन २७ गते ।
सडक निमार्णमा गर्ने क्रममा भीरबाट करिब १ सय मिटर तल खस्दा सैनिककोे मृत्यु भएको छ, भने एक जना घाईते भएका छन् । कर्णा करिडोर निर्माणका लागि हुम्लाको खार्पुनात गाउँपालिका–१ लालिबगरमा खटिएका नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खे घर भएका प्राविधि अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भीरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो । भीरबाट लडेर एकजना घाइते भएका छन् ।
कर्णाली करिडोर निर्माणका क्रममा भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा बिहीबार चिप्लिएर लामिछानेको मृत्यु भएको हो ।
