Saturday, May 16News That Matters

भुत्याहा दह चिनारी व्याड्मिन्टन प्रतियोगितामा सुजन र प्रमेश प्रथम

पूर्णपुष्टि, कार्तिक २ गते ।
             उदयपुरको बेलका नगरपालिकाा–५ खयरबनीमा आयोजना भएको भुत्याहा दह चिनारी ब्याड्मिन्टन प्रतियोगितामा खुल्लातर्फ सुजन श्रेष्ठ (धरान) र प्रनिशसिंह ठकुरी (झापा) कोे जोडीले प्रथम स्थान हाँसिल गरेको छ । आज भएको फाईनल खेलमा सुजन र प्रमेशको जोडीसंग पराजित भएपछि गाईघाटका बलबहादुर कार्की र गोविन्द थापाको जोडीले दोस्रो भए भने तेस्रो स्थानमा सप्तरीका सन्तोष कटुवाल र सशी चौधरीको जोडी तथा इटहरीका भोजबहादुर गुरुङ र सविन खनालको जोडी सफल भएका छन् ।
त्यसैगरी राईजिङतर्फ सुन्दरपुरका सुनिल चौधरी र विमल खड्काको जोडीले प्रथम स्थान हाँसिल गरेका छन् । लालबजारका नगेन्द्र राई र राजन राईले दोस्रो स्थान हाँसिल गरेका छन् भने झुम्काका होहीलाल चौधरी र प्रहेज चौधरी तथा आयोजक तारा मगर र युवराज आचार्यको जोडीले तेस्रो स्थान हाँसिल गरेका छन् ।                       खुल्लातर्फका प्रथम, दोस्रो र तेस्रो हुने जोडीले क्रमशः १६ हजार, १० हजार र ७ हजार नगद पुरस्कारका साथ शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।राइजिङतर्फका प्रथम, दोस्रो र तेस्रो हुने विजेताहरुले क्रमश ः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारका साथ शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । विजयी खेलाडीहरुलाई बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्ती)ले पुरस्कार वितरण गर्नुभयो । वडाध्यक्ष गोविन्द थापा, पालिका खेलकुद तथा युवा समितिका अध्यक्ष सिता राई लगायतका विभिन्न अतिथिहरुले पनि पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा अतिथि तथा सहयोगीहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

बेलका नगरपालिका, खेलकुद तथा युवा समितिको आयोजना तथा भुत्याहा दह संरक्षण तथा सम्बद्र्धन विकास समितिको सञ्चालनमा भएको प्रतियोगिता भब्य र सभ्य रुपमा सम्पन्न भएको भन्दै वक्ताहरुले प्रशंसा गरेका थिए ।
प्रतियोगिता गाउँमा आयोजना भएको भएपनि खेलाडी सहभागिता उत्साहजनक हुनुका साथै राम्रो व्यवस्थापनका साथ भएको प्रतियोगिताका मुख्य रेफ्री सन्तोष कटुवालले बताउनुभयो । प्रतियोगितामा खुल्लातर्फ करिब २५ जोडा र राईजिङतर्फ करिब ७० जोडाले भाग लिएका थिए । असोज १६ र १७ गते खेल सञ्चालन भई दशैंका लागि स्थगित प्रतियोगिता कार्तिक १ र २ मा सम्पन्न भएको हो ।
प्रतियोगिताले खेल क्षेत्रमा टेवा, विशेष गरी व्याड्मिन्टन खेलको प्रवद्र्धनमा टेवा पुर्याउनुका साथै पर्यटकको  आकर्षणको केन्द्र बन्दै गएको भुत्याहा दहको प्रचार प्रसारमा टेवा पर्याएको भुत्याहा दह संरक्षण तथा सम्बद्र्धन विकास समितिका अध्यक्ष तारा मगरले बताउनुभयो ।