Thursday, May 7News That Matters

२ दशकदेखि कपडा उद्योग अलपत्र

कात्तिक ३ गते ।

दुई दशकदेखि चीन सरकारको सहयोगमा स्थापना भएको हेटौँडा औद्योगिक क्षेत्र भित्रका हेटौँडा कपडा उद्योग लिमिटेड बन्द छ । तत्कालिन सरकारले आयातित कपडासँग प्रतिस्पर्धा गर्न नसकेर लगातार घाटा भएपछि उद्योग बन्द गर्ने निर्णय गरेको हो ।

सुती कपडा उत्पादन गर्ने रोजगारमूलक उद्योग पटक पटक पुनः सञ्चालनको तयारी भए पनि सरकार सफल हुन सकेको छैन । एक हजार चार सय जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यका साथ स्थापना गरिएको उद्योगले बन्द हुँदाको समयमा एक हजार १ सय ५० जनालाई रोजगारी दिँदै आएको थियो ।

पछिल्लो समय आएर उक्त उद्योग सशस्त्र प्रहरी बलको बेस क्याम्पमा परिणत भएको छ । २०५७ सालमा अर्थ मन्त्रालयबाट बजेट निकासा गरी उद्योगमा कार्यरत कामदार कर्मचारीले पाउने सेवा सुविधा बापतको सम्पूर्ण दायित्व भुक्तानी गरेर बन्द गरिएको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।