Thursday, May 7News That Matters

भुल्केकासमेत ८ जना कोरोना संक्रमित प्रदेश १ बाट डिस्चार्ज हुदै

पूर्णपुष्टि, वैशाख २६ ।

१ नं. प्रदेशमा हाल २५ जनाको कोरोना संक्रमित भइरहेकोमा आज ८ जना डिस्चार्ज हुने भएका छन् । विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रमा उपचार गर्राईरहेका मध्ये आठ जना डिस्चार्ज हुने भएका हुन् ।

उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज गर्न लागिएको जनाइएको छ । लगातार तीन पटक गरिएको स्वाब परिक्षणमा रिपोर्ट नेगेटिभ आएको हो ।

डिस्चार्ज हुनेमा भारतीय एक जना, विराटनगरका दुई जना र उदयपुरको भुल्केका ५ जना रहेका छन् । उनीहरुलाई बैशाख ८, ९ र १० गते संक्रमण पाईएपछि उपचारका लागि कोरोना विशेष उपचार केन्द्रमा ल्याइएको थियो ।

बुधवार मात्र ६ जनालाई विराटनगरस्थित कोरोना विशेष उपचार केन्द्रबाट डिस्चार्ज गरिएको थियो । उनीहरुलाई विराटनगरस्थित रानी मरकजमा क्वारेन्टिनमा राखिएको छ ।

कोशी अस्पतालमा भोजपुरको हतुवागढीको १ र झापाको बाह्रदशी र दमकको दुई जना गरी अहिले कूल २५ जना उपचार गराइरहेका थिए । प्रदेश १ मा फेला परेका ३१ जनामध्ये अब १७ जना मात्रै कोशी अस्पतालमा रहनेछन् ।