
खोटाङ, बैशाख २६ गते ।
खोटाङको केपिलासगढीमा सालोले भेनालाई ढुङ्गाले हानेर हत्या गरेको छ । केपिलासगढी गाउँपालिका–२ निबासी ४७ बर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ बर्षीय मिलन राईले ढुङगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको हो ।
आफ्नै घर तर्फ जाँदै गरेको अबस्थामा हिजो साँझ करिब पौने ७ बजे मिलनले एक्कासी ढुङगाले टाउकोमा प्रहार गर्दा प्रितिलालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
भिनाजुको हत्या गरी फरार रहेका राईलाई ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटेका प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनामा संग्लग्न रहेका मिलनको भाई २० बर्षीय जिवन राईलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिप्रकाले जनाएको छ ।
