Wednesday, May 13News That Matters

भुल्केका थप एक महिलालाई पनि आज बिराटनगर लगियो

उदयपुर/बैशाख, २८

उदयपुरको भुल्केमा हिजो थप कोरोना पुिष्ट भएको एक महिलालाई आज एम्वुलेन्समा विराटनगर लगिएको छ । भुल्के स्थित पछिल्लो समय पून परिक्षण गरिएको रिपोर्टमा उनिमा कोरोना पुष्टि भएको थियो ।

पून परिक्षणमा ४ जना महिलाहरुमा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यलय उदयपुरले जनाएको छ । पुष्टि भएको ३ जनालाई हिजै बिराटनगरको कोशी कोरोना हस्पिटलमा उपचारको लागि लगि सकिएको जनाएको छ । नेपालकै सबै भन्दा बढी संक्रमण उदयपुरको भुल्केमा फेला परेको छ । ठुलो मात्रामा फेला परेपछि त्यहाँ पून परिक्षणको कार्य बढाइएको थियो ।