Sunday, June 28News That Matters

भुल्केका ३ जनासहति ८ जना कोरोना मुक्त

पूर्णपुष्टि, जेठ ७ गते ।

उदयपुरको भुल्केमा फेला परेका कोरोना संक्रमितमध्ये ८ जना आज अस्पतालबाट डिस्चार्ज भएका छन् । विराटनगरको कोशी अस्पताल कोडिभ १९ उपचार केन्द्रमा उपचारारत भुल्केका ३ जना र ५ जना भारतीय जमाती सहित ८ जना बुधबार कारोनामुक्त भएर डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज हुनेमा त्रियुगा नगरपालिका–३ भुल्केका ५२, १८ र ६५ वर्षका र भारतीय जामातीहरु ४०, २८, २५, २२ र ४० वर्षका पुरुषहरु रहेको अस्पतालले जनाएको छ ।

उनीहरु मध्ये ६५ वर्षीय पुरुष बैशाख ५ गते र बाँकी ७ जना बैशाख ९ गते कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका थिए । उनीहरु सवैको भुल्केमै रहेको बेला कोरोना पूष्टि भएको थियो ।

डिस्चार्ज भएका भारतीय नागरिकलाई विराटनगर महानगरपालिका–१७  स्थित रानी मरकज क्वारेन्टाइनमा र उदयपुरका ३ जनालाई होम क्वारेन्टाईनमा बस्ने गरी पठाइएको अस्पतालले जनाएको छ ।