Friday, May 22News That Matters

चोरले प्रहरीलाई देखाए प्रेस कार्ड

पूर्णपुष्टि, जेठ ७ गते ।

लकडाउनको बेला होस्टलका सामान चोरी गर्ने चोर पत्राउ परेको छ ।

सिनामंगलको आरेर ५१ ब्याएज होस्टलबाट ४ थान ल्यापटप र भत्केको पुलबाट ल्यापटप र आइप्याड चोरी गर्ने बाराका अली आलम मिया र सुनसरीको इटहरीका हिमाल रसाईली पक्राउ परेका महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट ल्यापटप, आइप्याड, ५३ हजार रुपैयाँ नगर, ३ सय अमेरिकी डलर र धारिलो हतियार बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चोरले एक टेलिभिजनको प्रेस कार्ड देखाउँदै प्रहरीको आँखा छल्न खोजेको प्रहरीले जनाएको छ । तर उक्त परिचयपत्र नक्कली रहेको प्रहरीले जनाएको छ ।