Thursday, May 28News That Matters

भुल्केमा एक पुरुष मृतअवस्थामा फेला

पूर्णपुष्टि, फागुन १९ ।
गाईघाट–फत्तेपुर सडकखण्डको भुल्केमा एक पुरुष मृत अवस्थामा फेला परेको छ । त्रियुगा नगरपालिका २ भुल्केमा निर्माणाधिन हुमपाइपकाे खाल्डोमा स्थानीयले विहान फेला पारेका हुन् । घटना रातीको हुनसक्ने आकलन गरिएको छ ।
घटनास्थलमा अहिले प्रहरीले प्रकृति मुचुल्का उठाउनुका साथै अनुसन्धान गर्दैछ । मृतक पुरुषको शब नजिकै स २ प ६६२२ नम्बरको एक मोटरसाईकल दुर्घटनाग्रस्त अवस्थामा छ । स्थानीयका अनुसार मृतक त्रिनपा २ मोथियाहीका अन्दाजी २० वर्षिय आनन्द चौधरी रहेका छन् । उनी नेपालटारमा ग्यारेजमा काम गर्थे । हरेक सुक्रबार घर आउने गरेका थिए ।
दुर्घटनाग्रस्त मोटरसाईकल र मृतकको शब भएको खाल्डोको दुरी अस्वभाविक देखिएकोले घटना संकास्पद होकी भन्ने आशंका रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।