Thursday, May 21News That Matters

भुल्केमा थपियाे अर्का एकजना काेराेना संक्रमित

पूर्णपुष्टि, बैशाख ६ ।

कोरोना भाइरस संक्रमित हुनेमा भुल्केका थप एकजना थपिएको छ । आज सरकारले एकजना पुष्टि गरेको संक्रमित भुल्केका बाँकी चारजना मध्येको एक रहेको जिल्ला जनस्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । नागरिकको स्वाप परिक्षण गरिएकोमा हिजो १२ जनाको पोजेटिभ भएको पुष्टि भएको थियो भने अर्का एकजनाको आज पुष्टि भएको हो । नेपाल जनसंख्या तथा स्वस्थ्य मन्त्रालयले आज एकजना ६५ वर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

केही दिन १६ मा सिमित कोरोना भाइरसका विरामीको संख्या एक्कासी हिजो र आजमै ३१ पुगेको हो । हिजो चितवनमा २ र उदयपुरमा १२ जना भेटिएपछि संख्याले फड्को मारेको हो । जसमध्ये दुईजना निको भएर घर फर्केको सरकारले जनाएको छ ।