
पूर्णपुष्टि, बैशाख ७ गते ।
विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाईरस (कोभिड–१९) बाट विश्वमा २३ लाख भन्दा बढी संक्रमित भएका छन् ।
दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख २५ हजार तीन सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
उक्तसंक्रमित मध्ये पाँच लाख ९६ हजार भन्दा बढी निको भएका छन् भने एक लाख ६० हजार जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा ६ हजार तीन सय तीन जनाको मृत्यु भएको छ । ७६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।
एकैदिन १७ सयभन्दा बढीको मृत्यु भएसँगै अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या करिब ३९ हजार पुगेको छ भने सात लाख ३७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै इटलीमा २३ हजारभन्दा बढी, स्पेनमा २० हजारभन्दा बढी, फ्रान्समा १९ हजारभन्दा बढी, बेलायतमा १५ हजारभन्दा बढीको मृत्यु भईसकेको छ ।
त्यस्तै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच सय पुगेको छ भने १५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
