Tuesday, April 21News That Matters

भुल्के आज पनि उच्च सतर्कता र सुरक्षाको निगरानीमा

उदयपुर,बैशाख,७

त्रियुगा नगरपालिका वडा नं ३ भुल्केमा एकै साथ १२ जना कोरोना संक्रमित फेला परेपछि त्यस ठाउँलाइ तत्काल सिल्ड गरियो । उच्च सतर्कता र सुरक्षाको निगरानीमा रहेको भुल्केलाई आज पनि सोही अवस्थामा तिव्रता दिएको छ । भुल्केको मस्जितमा रहेको १२ जना भारतियहरुमा संक्रमाण पुष्टि भएपछि अहिले भुल्के अत्ति जोखिम स्थान बन्न पुगेको हो । १ नं प्रदेशको पहिलो र नेपालकै ठुलो संख्यामा संत्रमित व्यक्तिहरु फेला परेपछि अहिले उदयपुर देशैभरी निगरानी र चासोको घेरामा छ ।

हिजो मात्रै मस्जित आसपासमा रहेका अन्य ६० जना व्यक्तिहरुको पनि स्वाव टेस्ट गरी विराटनगर पाठाइएको छ । साथै सँगै टेस्टमा खटिएका ५ जना सुरक्षाकर्मी, र ४ जना स्वास्थ्यकर्मी गरी जम्मा ६९ जनाको स्वाव विराटनगर पाठइएको जनस्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो ।

सुरक्षा र सतर्कताको बाटो अपनाउने भन्दै त्रियुगा नगरमा क्याम संञ्चालन गरिने त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताउनुभयो । उहाँले नगरभरीका सबै र मस्जित वस्तिहरु सबैलाई परिक्षण टेस्ट गर्न क्याम्प खडा गरिने बताउनुभयो । नगरले अत्ति चासोका साथ यसलाई ध्यानकर्षन गरेको र यसको निमित्त सतर्कता रहन जनताहरुलाई सुचित गरिएको पनि मेयर चौधरीले बताउनुभयो ।

तस्विरहरु