Tuesday, April 21News That Matters

भैंसीको डोरीमा बेरिएर एक महिलाको ज्यान गयो

पूर्णपुष्टि,चैत ३१

भैंसी बाँधेको डोरीमा अल्झिएर सप्तरीमा एकजना महिलाको ज्यान गयो । बलान बिहुल गाउँपालिका–३ महुवा बस्ने ७० वर्षीया जयाबतीदेवी मण्डलको भैंसी बाँधेको डोरीमा अल्झिएर ज्यान गएको प्रहरीले जनाएको छ ।

खेतमा भैंसी चराउन जाँदा एक्कासी भैँसी उफ्रिएपछि डोरी मण्डलको दाँया हातमा अल्झिएको थियो । त्यस क्रममा भैंसीले घिसार्दा उनको टाउको, अनुहारसहित शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्याल सप्तरीले जनाएको छ ।

मृतकको शवलाई पोष्टमार्टमका लागि सिरहाको लहान अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।