Sunday, May 3News That Matters

भैरहवाबाट नेपालगन्ज जाँदै गरेको ट्रक दाङमा दुर्घटना

पूर्णपुष्टि,साउन ३ । रूपन्देही जिल्लाको सदरमुकाम भैरहवाबाट भैरहवाबाट रासायनिक मल लिएर नेपालगन्ज तर्फ जाँदै गरेको ट्रक दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा दुर्घटनामा परेको छ।
बुधवार बिहान पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट खसेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख वीर बहादुर वालीका अनुसार भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक खसेको जनाएको छ । उनका अनुसार घाइते चालक रुपन्देहीका बस्ने ३७ वर्षमा वसन्त लोहनियालाई उपचारको लागि नेपालगन्ज पठाएको रातोपाटीलाई बताए । सहचालक भने निस्किन सफल भए।