
पूर्णपुष्टि,साउन ३ । सुनको भाउ पछिल्ला दिनमा झन् बढ्न थालेको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार एक सय रुपैयाँ पुगेको हो ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले वृद्धि हुँदै एक हजार ४९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
