Wednesday, June 3News That Matters

भोज खान गएका बालक घर फर्किएन

पूर्णपुष्टि, चैत २४ गते ।
पाँच दिनदेखि हराएका बालकको शव सेप्टि ट्यांकीमा फेला परेको छ । सर्लाहीको मलंगवा नगरपालिका–१२ गम्हरियाका १० वर्षीय आकाश ठाकुरको शव पाँच दिनपछि छिमेकीको सेप्टि ट्यांकीमा फेला परेको हो ।
बिहीबार बिहान छिमेकी जगदिश ठाकुरको घरमै टाँसिएर रहेको शौचालयको सेप्टिक ट्यांकीभित्र बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव प्रसाद बूढाथोकीले जानकारी दिए ।
बालकको हत्या गरी शव बोराभित्र हालेर सेप्टिक ट्यांकीमा फालिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । २० चैतमा गाउँमै आयोजना गरिएको भोज खान जाँदा हराएका आकाश राति अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्दै जाँदा प्रहरीले बालकको शव फेला पारेको हो ।
प्रहरीले बालकका छिमेकी जगदीश ठाकुरसहित ७ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।
बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित अस्पताल लगिएको छ । यस सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।