Tuesday, April 21News That Matters

भोलिदेखि मालपोत कार्यालय खुल्ने

पूर्णपुष्टि, जेठ २४ गते ।

भोलिदेखि मालपोत कार्यालय खुल्ने भएको छ । कोरोना रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका सबै मालपोत कार्यालय आइतबारदेखि खोल्न भूमि व्यवस्था तथा अभिलेख विभागले पत्र पठाएको छ ।

साढे २ महिनादेखि कार्यालय बन्द हुँदा मालपोत सम्बन्धी काम भएको छैन् । विभागले आइतबारदेखि कार्यालय प्रमुख र कर्मचारी अनिवार्य रुपमा उपस्थित हुनुपर्ने र सुरक्षाका उपाय अपनाएर आन्तरिक प्रशासनिक तथा अन्य अत्यावश्यक काम सुरु गर्न निर्देशन दिएको छ ।