Tuesday, June 9News That Matters

भोलिदेखि मौसम खुल्ने

पूर्णपुष्टि, जेठ २४ गते ।

निसर्ग चक्रवातको प्रभाव नेपालमा सकिएकोले भोलिदेखि मौसम खुल्ने भएको छ । अरब सागरबाट उत्पन्न भएको निसर्ग चक्रवातको कारण बिहिबारदेखि आज दिउँसोसम्म देशका विभिन्न ठाउँमा पानी परेको थियो ।

आइतबारदेखि मौसम खुल्ले पनि स्थानीय वायुको प्रभावले क्षणिक वर्षा हुने सम्भावना रहेको पनि  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अवको ७ दिनभित्र नेपालमा मनसुन भित्रिने सम्भावना रहेको जनाईएको छ । बङ्गालको खाडीबाट सुरु हुने मनसुनयुक्त प्रणाली अहिले भारतको कर्नाटकसम्म आइपुगेको जनाईएको छ । यो प्रणाली म्यानमारसम्म पनि पुगेको छ ।

मनसुन भित्रिन चाहिने पाँच वटा प्रणालीमध्ये केही विकास भइसकेको र केहि विकास हुने क्रममा रहेको छ ।