Sunday, June 14News That Matters

भोलीबाट गाईघाटको फुटपाथमा व्यापार गर्न नपाईने

पूर्णपुष्टि, भदौ १५
भोली भादौ १६ गतेबाट गाईघाटको फुटपाथमा व्यापार गर्न साना व्यापारीलाई नगरपालिकाले हटाउने भएको छ । विगत लामो समयदेखी गाईघाटको फुटपाथमा फलफुल तथा चटपटे व्यापारीले व्यापार गर्दै आएका थिए । फुटपाथ व्यापारीका कारण पैदलयात्रीले सास्ती व्यहोर्दै आएका थिए ।त्रियुगा नगरपालिका र उद्योग वाणिज्य संघ त्रियुगाले संयुक्त रुपमा पहल गरी फुटपाथ व्यापारीलाई हटाउन लागेका हुन् । फुटपाथमा व्यापार गर्ने साना व्यापारीलाई व्यापार गर्नका लागि वैकल्पिक स्थानको रुपमा विद्युत मार्गको खाली चौरमा व्यवस्थापन गर्ने योजना बनाएको छ ।