Monday, April 20News That Matters

भोली पाँचौं ‘गाइघाट कोरा च्यालेन्ज’ हुदै

पूर्णपुष्टि, कार्तिक २९ ।
उदयपुर साइक्लिङ संघले आज पत्रकार सम्मेलन गरी भोली “गाईघाट कोरा च्यालेन्ज २०८०” कार्यक्रम गर्ने जनाएको छ । आयोजक संघका अध्यक्ष जितेन्द्र रोइलाका अनुसार निश्चित गोलाकार दुरीमा आफुले आफैलाई च्यालेन्स गरेर साइक्लिङ कला प्रस्तुत गर्ने कार्यक्रम हो यो ।
पाचौ संस्करणको रुपमा आयोजना हुर्दै गरेको यो च्यालेन्ज साढे पाँच किलोमिटरको रहेको छ । वर्षमा एकपटक मठ–मन्दीर, चैते, गुम्बा, मस्जिद घुम्दै घडीको आकारमा साइक्लिङ गर्ने विशेष कार्यक्रम हो । भोली गाईघाट बजारबाट सुरु गरी त्रियुगा नगरपालिकाको ११ नं. वडा, १२ नं., १३ नं. हुदै ३ नं. देखि क्रमशः १० नं. वडासम्म अर्थात गाईघाट–पुरानोगाईघाट–असारी–पोर्ताहा–मोतिगडा–बगाहा–देउरी–जलजले–चकलघाट–तोरीबारी–होक्से–लुहाले–भण्टाबारी–खाटमन्दिर–राजाबास–गैरुन–बोक्सेहुदै पुनः गाईघाट आइपुग्ने रुट तयार भएको छ । कार्यक्रमको उद्घाटन त्रियुगाका मेयर बसन्त बस्नेतले गर्नेछन् । उद्घाटन लगत्तै बोक्सेस्थित नेपाली सेनाको गण परिषरमा निर्मित पशुपती मन्दीरको दर्शनगरी यात्रा अगाडी बढ्ने जनाइएको छ । कार्यक्रमका लागि त्रियुगा नपाको सहयोग रहेको छ । च्यालेन्जमा गाईघाटबाहेक बेल्टार, रामपुर, कटारी लगायतबाट सहभागि हुने भएका छन् ।
गाईघाट कोरा च्यालेन्ज उदयपुरमा सन् २०१९ बाट सुरु भएको हो । देशभरमा भने यो १४ औं संस्करण हो । अहिले च्यालेन्जको क्रममा संकलन हुने रकम टर्कीको भुकम्प पिडितका लागि सहयोग हुने जनाइएको छ । यो खेल नेपालबाटै सुरु भई हाल विश्वभर एकैदिन (१६ जुलाई) मा सञ्चालन हुनेगर्छ । यस खेलमा निश्चित दुरी साइकल कुदाउछु र सामाजिक कामका लागि स्वेच्छिकरुपमा आर्थिक दान गर्छु भन्ने प्रतिबद्धता गरिन्छ । त्यसैले यसमा आफैले आफैलाई च्यालेन्ज गर्ने हुन्छ । पहिले पहिले काठमाडौंमा मात्र हुनेमा कोरोनाकाल पछि जिल्लाहरुमासमेत हुन थालेको हो ।
उदयपुर साक्लिङ पर्यटनको ठुलो सम्भावना भएको जिल्ला हो । यहाँको आठै पालिकामा डाँडाकाढा रहेको र ग्रामिण पदमार्ग रहेकोले यसको राम्रो सम्भावना भएको हो ।

गाईघाटस्थित ग्राभिटि होटलमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको नाम र रुट अंकित भेष्ट सार्बजनिक गरियो । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि उदयपुरमा साइक्लिङ लोकप्रिय छ । शाहसिक खेलको रुपमा लिइने साइक्लिङमा युवा तथा बालबालिकाको सहभागिता बढ्दो रहेको संघले जनाएको छ । सन् २०१५ मा गाईघाटका युवा जितेन्द्र रोइला (जितु) ले सुरु गरेको साइक्लिङ, उनकै अगुवाईमा बढ्दै जाँदा सन् २०१९ मा औपचारिकरुपले संघ गठन भएको थियो । संघको सक्रिय गतिविधिबाट राष्ट्रिय स्तरको खेलाडीसमेत जन्माउन सफलता मिलेको छ ।