Tuesday, June 30News That Matters

भ्रू्ण हत्या आरोपी गाउँपालिका अध्यक्ष धरौटीमा रिहा

पूर्णपुष्टि, फागुन ३० गते । 

पाचथरको एक गाउँपालिका अध्यक्ष भ्रूण हत्या प्रकरणमा संलग्न रहेको आरोपमा अदालतबाट धरौटीमा रिहा भएको छ । आरोपी कुम्मायक गाँउपालिका अध्यक्ष जयबहादुर चेम्जोङलाई जिल्ला अदालत पाँचथरले ५५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

गाउँपालिका–५ का रमेश खड्कासँगको प्रेम विवाहपछि बसेको २१ हप्ताको गर्भ पतनका लागि दबाब दिएको भन्दै अध्यक्ष चेम्जोङसहित सात जनाविरुद्ध  स्थानीय एक किशोरीले प्रहरीमा जाहेरी दिएकी थिईन् । अध्यक्षको दबाबमा गत पुस २६ गते भ्रूण हत्या गराइएको भन्दै माघ २२ गते पीडितले जाहेरी दिएकी थिइन् ।

भ्रूण हत्या प्रकरणमा पक्राउ परेका तीन जना स्वास्थ्यकर्मी यस अघि नै ८०÷८० हजार रुपैयाँ धरौटीमा रिहा भइसकेको जनाईएको छ ।

फरार रहेका अध्यक्ष चेम्जोङसहित अन्य प्रतिवादीका नाममा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो । बिहीबार अदालतमा हाजिर हुन आएका अध्यक्ष चेम्जोङको बयान र कानुन व्यवसायीको बहसपछि अदालतले धरौटीमा रिहा गरेको थियो ।