पूर्णपुष्टि, फागुन ३० ।
उदयपुरमा एक सुस्तमनाेस्थितिका साथै शारिरीक अपाङ्गता भएकी २६ बर्षिया युवती बलात्कृृृत भएकी छिन् । बलात्कारकाे आरोपमा प्रहरीले एक युवालाई पनि बिहीबार पक्राउ गरेको छ ।
पिडितकाे उजुरीकाे अाधारमा युवालाई पक्राउ गरेकाे उदयपुर प्रहरी प्रमुख एसपी बीरबहादुर बुढामगरले बताउनुभयाे ।
बुधबार राती पीडितको घरको ढोका फुटाई बलात्कार गरेको आरोपमा त्रियुया नगरपालिका ९ का १९ बर्षिय ववित दनुवारलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ । परिवारका सबै सदस्य सुतेको मौकाछोपी आरोपितले राती १२ बजे युवती सुतेको ढोका फुटाई पसेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दनुवारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरेहेको एसपी बुढामगरले जानकारी दिनुभयाे ।
