
पूर्णपुष्टि,चैत्र १९ । द भ्वाइस किड्सको नेपालको ब्लाइण्ड अडिसन पुरा भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको ब्लाइण्ड अडिसन राउन्ड शनिबार सम्पन्न भएको हो ।
टेलिभिजन रियालिटी शो आगामी सातादेखि ब्याटल राउण्ड सुरु हुनेछ र यसका लागि प्रतिस्पर्धीको समीकरण तयार भएको छ ।
चारजना कोचमा १२–१२ जना प्रतिस्पर्धी अटाएका छन् । ट्यालेन्ट प्रतिस्पर्धी छानिएकाले ब्याटल राउण्डै अझै रोचक हुने अनुमान गरिएको छ । शोको कोचमा प्रमोद खरेल, मिलन नेवार, सुशान्त केसी र प्रविशा अधिकारी छन् ।
