Thursday, June 4News That Matters

मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम शरु

पूर्णपुष्टि, बैशाख २३
निर्वाचन कार्यालय उदयपुरले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिन शुरु गरेको छ । उनिहरुलाई मतदानस्थल व्यवस्थापन, मतपत्र सुरक्षा, मतपेटिका प्रयोग लगाएतका विषयमा तालिम मार्फत जानकारी गराएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए ।

यस्तै कसरी मतदान गर्ने भनेर नमुना मतदानमार्फत जानकारी गराएको छ । बोक्सेस्थित बालमन्दिर स्कुलमा गरिएको नमुना मतदानमा २० जनाले भाग लिएका थिए । निर्वाचन अधिकारी कोईरालाको अनुसार मतदान अधिकृत र सहायक अधिकृतलाई बैशाख २४ र २५ गतेसम्म दिईने छ । साथै तालिम सकेका कर्मचारीलाई निर्वाचन केन्द्र र स्थलमा पठाउन शुरु गरेको छ ।