Friday, June 12News That Matters

मतदान गर्न दवाव दिदै प्रदर्शन

पूर्णपुष्टि, जेठ ५
त्रियुगाको नगरपालिकाको मतगणना गर्नुपर्ने माग राख्दै एमालेले प्रदर्शन गरेको छ । एकालेका जिल्ला अध्यक्ष परमेश्वर घिमिरे , नगर प्रमुख पदका उम्मेदवार भागवत राउत लगायतले नेतृत्व गर्दै मालपोत कार्यालयबाट प्रदर्शन शुरु गरेका छन । मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडी पुगेर प्रदर्शन गरिरहेका छन । एमालेले त्रियुगाको मतगणना तत्काल शरु गर्नुपर्ने माग गदै आएका छन ।

त्रियुगा १२ को जनप्रेमी आधारभुत विद्यालयमा वर्षात तथा असमान्य परिस्थितीका कारण मतदान रोकिएको थियो । मतदान अधिकृतले पुन मतदान गर्ने मिति सार्वजनिक गर्नेभन्दै सुचना टासेका थिए । १२ नं वडाका जनताको मतदान गर्ने अधिकार कुष्ठित हुँदा समेत एमाले मतगन्नु पर्नेभन्दै प्रदर्शनमा उत्रिएको छ ।