Sunday, April 19News That Matters

मदन भण्डारी राजमार्गमा दुर्घटना ।  सडक किनार ‘नालीमा चेप्टियो सवारी साधन

९ चैत्र, २०८२ । उदयपुर

बुटवलदेखि इटहरीतर्फ जाँदै गरेको ६०४६ नम्बरको भ्यान मदन भण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिका – ७ चुवाडे चोक नजिकै देवीघाटमा आज दिउँसो दुर्घटना भएको छ ।

सडक किनारको नालीमा गाडी पसेर चेप्टिएको अवस्था छ । गाडीमा एकमात्र चालक रुपन्देहीको बुटवल नगरपालिका ११ का  ३६ वर्षीय विष्णु घिमिरे रहेको र उनको अवस्था सामान्य रहेको छ । आफै अनियन्त्रित भई गाडी दुर्घटना भएको चालक घिमिरेको भनाइ छ । गाडीको बढीमा क्षति पुगेको छ।