
पूर्णपुष्टि, असोज १७
नेपालमा अझै मनसुन सकिन केही दिन लाग्ने भएको छ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र सक्रिय हुन लागेकाले अझै केहि दिन मनसुन बाहिरन लाग्ने पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीमा बनेको न्युन चापिय क्षेत्र सक्रिय पर्सिसम्म नै देशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने भएको जनाईएको छ ।
गत बिहिबार नेपालको सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश ५ को पश्चिमका केही क्षेत्रबाट मनसुन बाहिरिएको छ । तर बंगालको खाडीमा रहेको न्यून चापिय क्षेत्र अझै सक्रिय हुने देखिएकाले बाँकी क्षेत्रबाट भने मनसुन बाहिरिन समय लाग्ने भएको महाशाखाले जनाएको छ ।
पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन पश्चिमसम्म फैलिएर झण्डै साढे ३ महिना सक्रिय हुन्छ भने पश्चिमबाट पूर्व हुँदै नेपालबाट बाहिरिन्छ । सामान्यतया जुन १० तारिखमा पूर्वी नेपालबाट प्रवेश गर्ने मनसुन सेप्टेम्बर २३ मा बाहिरिनु पर्ने भएपनि केही वर्ष यता ढिला प्रवेश गरी ढिला नै बाहिरिने गरेको छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै तथा बाँकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको जनाईएको छ । यस्तै राति पनि देशभरका थोरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ ।

