Wednesday, June 17News That Matters

मन्त्री रामकुमार राईले गरे उदयपुरका दुई ठुला सिँचाई योजनाको उद्घाटन

पूर्णपुष्टि, साउन १३
उदयपुरमा कार्य सम्पन्न दुई ठुलो सिँचाई योजनाको शुक्रबार उदुघाटन भएको छ । उक्त योजनाको उद्घाटन प्रदेश नं १ का खानेपानी सिँचाई तथा उर्जा मन्त्री राम कुमार राई (पासाङ) ले गर्नुभयो । मन्त्री राईले जिल्लाका बेलका नगरपालिका र कटारी नगरपालिकामा रहेको दुई योजनालाई एकै दिन उद्घाटन गर्नुभएको हो । राईले कटारी ५ का उत्राई तावा सिँचाई योजना र बेलकाका मुर्तिखोला सिँचाई उपयोजनाको उद्घाटन गर्नुभएको हो । बेलकामा रहेको मुर्तिखोला सिंचाई उपयोजनाले ३,६ र ९ नं वडाका किसानहरुलाई सुविधा दिएको छ ।

उत्राई तावा सिँचाई योजनाले भने ५ नं वडाका किसानहरुलाई सुविधा दिएको छ । बेलका मुर्तिखोलाको ठेक्का रौता कन्ट्रक्सनले २०७६ सालमै लिएका थिए । संघिय सरकार र जनश्रमदान गरी ४ करोड बढीमा योजना तयार भएको यस सिँचाई योजना अन्तरर्गत २ वटा मुख्य कुलो र ८ वटा शाखा कुलोहरु निर्माण भएको जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय उदयपुरका प्रमुख देवनन्द मन्डलले जनाउनुभयो । मुख्य दुई कुलोको लम्वाई जम्मा ३७४० मिटर रहेको छ भने चौँडाई २९०० मिटर गरी टोटल ६६४० मिटर रहेको प्रमुख मन्डलले जनाउनुभयो । यसैगरी यस कुलोले ३,६ र ९ गरी ३ ओटा वडाका ७४८ घर लाभान्वीत बनेको सिचाई योजना समितिले जनाए ।

यस्तै कटारीको योजना भने उपभोक्ता समितिबाटै निर्माण भएको समितिका अध्यक्ष भुपराज अधिकारीले जनाउनुभयो । २०७७ मा सम्झौता भएको निर्माण कार्यको करिब ९५ प्रतिशत भन्दा बढी काम सम्पन्न भै कुलो संञ्चालनमा आएको पनि अधिकारीले जनाउनुभयो । उक्त कुलोले ५ नं वडाका ३५० घरधुरी लाभान्वीत बनाएको जनाउनुभयो । मन्त्री राईले दुई योजनाको उद्घाटन सँगै अन्य थुप्रै साना सिँचाईहरुको अवलोकन समेत गर्नुभयो । उद्घाटनमा वोल्दै यी सबै विकास र जनताको सुविधाहरु संघियता पछिको उपलब्धीहरु रहेको जनाउनुभयो ।

उहाँले यस्तै विकासका लागि देशमा जनयुद्ध देखी ठुला आन्दोलन र जनताहरुले वलिदान दिनु परेको बताउनुभयो । त्यो वलिदान आजको पुस्ता र युगले सदुपयोग र अनुभव गर्नु पाएको सुझाउनुभयो । उहाँले यस्ता योजनाहरुमा मन्त्रालयले गर्न सक्ने थप सहयोग समेत गर्ने जनाउनुभयो । कतिपय साना कामहरु त समिति आफै र स्थानीय स्तरबाटै पनि गर्न सकिने भन्दै सरकारकै मुख नताक्त पनि आह्वान गर्नुभयो । तर सकेको र आवश्यकीय कामको लागि भने प्रदेशमा योजना सहित आउन पनि स्थानीयहरुलाई राईले आग्रह गर्नुभयो । मन्त्री राई सहित प्रदेश नं १ का सिँचाई मन्त्रालयका प्रदेश सचिव नविनराज सिंङ लगायत मन्त्रालयका शाखा प्रमुखहरु समतेको उपस्थिति रहेका थिए ।