Sunday, June 28News That Matters

मन्त्री साहद्वारा गरिब, दलित ६० परिवारलाई कम्बल बितरण

पूर्णपुष्टि, पुष १४

सप्तरीमा गरिब, दलित एवम् विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । तराईमा बढिरहेको शितलहरका कारण सबभन्दा बढी कष्ट झेल्नुपरेको दलित,बिपन्न परिवारका सदस्यलाई प्रदेश–२ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले कम्बल बितरण गरेको हो ।

राजविराज स्थित मन्त्री साहको सम्पर्क कार्यालयमा सोमबार आयोजित एक कार्यक्रम बीच ६० जनालाई कम्बल वितरण गरिएको हो । साहले व्यक्तिगत रुपमा महदेवा गाउँपालिकाको ५ वटा वडाका गरिब, दलित एवम् विपन्न परिवारलाई कम्बल उपलब्ध गराएका हुन् । उक्त गापाको वडा नं.१,२,४,५ र ६ का बिपन्न परिवारका सदस्यलाई बितरण गरिएको हो ।

जनता समाजवादी पार्टीका महदेवा गाउँपालिका समितिका अध्यक्ष दिपनारायण यादवको समन्वयमा कम्बल वितरण गरिएको पार्टीका युवा नेता लक्ष्मण यादवले बताउनुभयो ।

उक्त कार्यक्रममा मन्त्री साहले जाडो एवम् शितलहरबाट जोगिनका लागि अति विपन्नलाई सामान्य सहयोग गरेको र आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्वता गर्नुभयो । यो वर्ष हालसम्म अति उग्र रुपमा शितलहर नरहे पनि मानव जीवन जोगाउन प्रदेश सरकार संवेदनशील रहेको तथा पुर्व तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।