
पूणर्पुष्टि, पौष १४
उदयपुरमा लागुऔषाध कारोबारी र प्रयोगकर्ता तिब्र रुपमा बढेको छ । पछिल्लो समय कारोबारी र प्रयोगकर्ताहरुलाई प्रहरीले निगरानीका साथ पक्राउ पनि नगरेको होईन तर पनि यसको कारोबारी भने घट्नुका साटो झन बढ्दै गरेको पाईन्छ । पछिल्लो समय प्रहरीले कडाईका साथ लागुऔषाध कारोवारीलाई धमाधम पक्राउ गर्न थालेपछि जिल्लामा नयाँ नयाँ बिधिबाट लागुऔषाध भित्राउने क्रम बढेको छ ।
सोमबार त्रियुगा नगरपालिका ६ लालपत्ता बाट नयाँ तरिकाबाट उदयपुरमा लागुऔषाध भित्राउँदै गरेको एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
लालपत्ता प्रहरीले चेकजाँचको क्रममा सिरहा नवराजपुर नगरपालिका ७ भगवतिपुर तामासुइयाका २४ वर्षिय युवक पवन चौधरीलाई ठुलो परिणामको लागुऔषाध पेट भित्र लुकाएर ल्याउने अवस्थामा पक्राउ गरेको हो ।
प्रहरीले थाहा नपाउने भन्दै पेटको भागमा प्लाष्टिकको टेपले बेरि पेटी बनाएर ल्याउँदै गरेको अवस्थामा चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताउनुभयो ।
उनको साथबाट नोर्फिन एम्पुल २३ ९थान०, प्रमेथाईजिन २३ थान र डाईजेल्याव २३ थान र २ थान मोवाईल बरामद भएको एसपी दाहालले जानकारी दिनुभयो । उनलाई विशेष सुचनाको आधारमा प्रहरीले पक्राउ परेको हो ।
लामो समयदेखि उदयपुरमा लागूऔषधको कारोबार गर्दै आएको चौधरीको ल्याउने तरिका देखेर एकछिन प्रहरी नै अचम्मित परेको चेकजाँचमा खटिएका एक प्रहरीले बताउनुभयो ।
पक्राउ परेको कारोबारीहरुको ल्याउने तरिकाहरु फरक फरक देखेर प्रहरी नै अचम्मित परेको छ । उदयपुरमा लागूऔषध कारोबारीले फरक फरक बाटोहरु पनि प्रयोग गर्दै आएको छ ।
