Saturday, August 8News That Matters

सुखायु आयुर्वेद अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पूर्णपुष्टि,पुष १३

सुखायु आयुर्वेद अस्पतालले सोमवार गाईघाटमा निः शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अस्पतालले आफ्नो प्रथम बार्षिक उत्सवको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाइटि जिल्ला कार्य समिति उदयपुरको प्राविधिक सहयोगमा अस्पतालले आयोजना गरेको स्वास्थ्या शिविरमा १ सय जना भन्दा बढीले सेवा लिएका छन् ।

त्यसका साथै उक्त शिविरमा ३० जना व्यक्तिहरुले रक्तदान गरेको आयोजकले जनाएको छ ।