Wednesday, June 3News That Matters

महिला उद्यमी र किसान पुरस्कृत

काठमाडौं, फागुन २६ ।
अन्तर्राष्ट्रिय महिला दिवशको अवसर पारेर गलकोटमा आयोजित महिला किसानको फसल र उद्यमीका उत्पादनको प्रदर्शनीमा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिएको छ । महिला किसानले उत्पादन गरेका कृषि फसल ल्याएर आफ्नो सीपको परिचय दिएका थिए । कृषि र उद्यमी समूहमा एक प्रदर्शनीमा प्रगति एकीकृत कृषि तथा पशुपालन समूह प्रथम, लगनशील अर्गानिक किसान समूह द्वितीय र लङ्गुरे महिला किसान समूह तृतीय भएका थिए ।

त्यस्तै महिला उद्यमी प्रदर्शनीमा सिर्जना लघुउद्यम समूह प्रथम, छितिज डलकुसन समूह द्वितीय र सिर्जनशील लघु उद्यम समूह तृतीय भएको गलकोट नगरपालिकाकी उपप्रमुख रेणुका काउचाले जानकारी दिनुभयो । उत्कृष्ट ठहरिएका महिला किसानलाई गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेषलाल श्रेष्ठले पुरस्कार प्रदान गर्नुभयो ।

उहाँले उद्यमीलाई प्रोत्साहनका लागि बजारीकरणमा साथ दिनुपर्ने बताउनुभएको थियो । केही समयअघि नगरपालिकाले उपप्रमुख महिला उद्यम दायित्व कार्यक्रम पनि सञ्चालन गरेको छ । उक्त कार्यक्रममा नगरभरका २० उद्यमी महिला किसानलाई पुरस्कृत गरिएको थियो । रासस