
पूर्णपुष्टि, पुष १६
चौदण्डीगढी नगरपालिकामा आगामी माघ ७ गतेबाट शुरु हुन लागेको राष्ट्रिय महिला लिग उप मेयर कप फुटबल प्रतियोगितामा सहाभागि महिला खेलाडीहरुलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । नगरपालिकाको कार्यालय परिसरमा बुधबार आयोजित कार्यक्रममा २३ थान फुटबल, २८ सेट जर्सी लगायतका समाग्री हस्तान्तरण गरिएको हो ।
सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख खगेन्द्र राईले राम्रो प्रशिक्षीत भएर अनुसाशित तरिकाले प्रतियोगीतामा सहभागी भई विजयी भएर आउन शुभकामना दिनुभयो । त्यसका साथै उहाँले कोरोनाको अर्को नयाँ प्रजातिको भाईरस देखापरेकोले सुरक्षित मापदण्ड अपनाउँदै खेलकुदमा सहभागी हुन पनि सुझाव दिनुभयो ।
उक्त प्रतियोगीतामा प्रशिक्षकद्वय कुमारी राई र रिशा राईसहित २६ जना खेलाडिहरु सहभागी हुने छन् । १५ दिन सम्म बन्द प्रशिक्षणमा राखी खेलाडीहरुलाई तयार गरिने छ । कूल ७ वटा समुहले प्रतियोगितामा पतिस्पर्धा गर्ने छन् ।
