
पूर्णपुष्टि, पुष १६
उदयपुरको त्रियुगा नगरपालिका–२ सनुवामा बुधवार आगलागी भएको छ । आगलागीमा स्थानिय राजन घिमिरेको गोठ, गाई , भैसी ,काठ जलेर नष्ट भएको हो ।
करिब साढे ४ बजेतिर आगलागी भएको नगर कार्यापालिका सदस्य कमला खड्काले बताउनुभयो । आगलागी भएलगत्तै भेला भएका स्थानीयले त्रियुगा नगरपालिकाबाट आएको दमकलको सहयोगले १ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएको खड्काले जानकारी दिनुभयो ।
स्थानियहरुको भनाई अनुुसार समयमै आगो नियन्त्रन गर्न सकेकोले थप क्षति हुन पाएन ।
