Saturday, June 27News That Matters

लागुऔषध सहित २ पक्राउ

पूर्णपुष्टि, पुष १६

झापामा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिका–५ का २५ बर्षीय अर्जुन हल्दार र ३३ बर्षीय मुस्तेक शेकलाई लागूऔषध सहित  प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिहिवार राती १० बजे उनिहरुलाई पक्राउ गरेको हो ।

उनिहरुको साथबाट प्रहरीले लागुऔषध कोरेक्स १ बोतल र  नाईट्रोसन ३० ट्याब्लेट बरामद गरेको छ । पक्राउ परेका माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।