पूर्णपुष्टि, पुष २१ । महिला सशक्तिकरण श्रोत केन्द्र उदयपुको १४ औँ वार्षिक साधारण सभाले ज्योति दनुवार सहित ८ सदस्य चयन गरेको छ । सस्थाको १४ औँ बार्षिक साधारण सभा र छैठो अधिवेशनले दनुवारलाई नयाँ कार्यसमितीको अध्यक्षमा निरविरोध सर्वसहमतिले चयन गरेको निर्वाचन मण्डलका संयोजक सविता पोखरेलले बताउनुभयो । यता उपाअध्यक्षमा सुस्मा कुमारी सार्की,सचिवमा जानुका कार्की,कोषाअध्यक्षमा उषा चौधरी,सदस्यमा क्रमशःरन्जना मगर,मन्जु दनुवार र सुस्मिता दनुवारलाई चयन गरेको छ ।
बुधवार बार्षिक साधारण सभा र छैठौ अधिवेशन त्रियुगा नगरपालिका वडा नं. ९मा अवस्थित ओरेक आधारमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । साथै भौगलिक अवस्था र समावेशितालाई आधार मानेर थप २ जना पछी मनोनित हुने पनी संयोजक पोखरेलले बताउनु भयो ।
