Monday, July 6News That Matters

विद्युत प्राधिकरण गाईघाटमा स्रोत साधन प्रभावकारी नहुँदा बिल तिर्न लामो पखाई

पूर्णपुष्टि, पुष २१
नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटमा चुस्त दुरुस्त स्रोत साधनको अभावमा सेवा दिन असर परेको छ । मुख्यतया बिल काट्ने काउन्टरमा तिन ओटा कम्युटर राखिएको छ । तर एउटा सँधै बिग्रको अवस्थामा रहन्छ । तिन जना कर्मचारीले बिल काट्नु पर्नेमा कम्प्युटर अभावले गर्दा एक जना कर्मचारीले बिल काट्नै पाउँदैन । यता जति धेरै कर्मचारीले बिल काट्यो उतिलनै छिटो हुने सेवाग्राहीहरु बताउँछन् । सेवा लिन आएका ग्राहकहरुले बिल तिर्न लामो समय पर्खिनु पर्ने गुनासो गरे । याहाँको स्रोतसाधन राम्रो भएर बिल काट्न खटिएका सबै कर्मचारीहरुले बिल काटिदिए यदि धेरै समय लगाएर विल तिर्नु पर्ने अवस्था नआउने जनाए । अत्यादिक भिँडभाँडको कारण बिल तिर्न सेवाग्राहीहरु पहिलो चरणमा आउने गरेको बताउँछ । छिटो आयो भने भिँडभाँड नहुने हुँदा उनिहरु अन्य काम थाति राखेर पनि सेवा लिन आउने गरेको बताउँछ । ढिलो समय भयो की भिँडभाँड हुन थाल्ने उनिहरुको भनाई छ । प्रसस्त कर्मचारी र स्रोत साधन प्रविधि चुस्त दुरुस्त भए थोरै तिनै समयत सेवा लिनेले पनि पर्खिन सकिन्छ । तर अत्यादिक नै ढिलो हुँदा दुख लाग्छ, “सेवाग्राहीहरु सुनाउँछन् ।

स्रोतसाधनको हेरफेर र मर्मत समयमै नहुँदा कर्मचारीहरु काम गर्न समेत पाउँदैन् । त्यस प्रति कर्मचारी आफै असन्तुष्टी पोख्छन् । बिल काट्ने ठाउँमा खाली एउटा कम्युटरले भने दुख दिरहने कर्मचारीहरु आफै बाउँछन् । बिल काट्न खटाईएका कर्मचारी स्रोत साधनको समस्याले काम गर्न नपाएको सुनाउँछन् । पहिले भन्दा केहि व्यवस्थीत रहेको गाईघाट प्राधिकरणको बिल काट्ने काउन्टरमा थप सहज जुटाउन प्रविधिको उच्च व्यवस्था मर्मत संभार हेरफेर हुन जरुरी रहेको कर्मचारी र सेवाग्राहीहरुको भनाई छ । सेवाग्राहीहरुले आफुहरुलाई सहज वातावरण र छिटो छरितो तवरले बिल तर्ने अवसर दिनु पर्ने जनाए । कतिपय पहाडी भेगहरुबाट विल तिर्नकै लागि पनि आउने गरेको तर लामो पर्खाईमा मात्र विल तिर्न सकिने गुनासो गरे । त्यसका लागि स्रोतसाधनलाई चुस्त दुरुस्त बनाएर कर्मचारीलाई काममा खटाउनु पर्ने उनिहरुको माग छ ।

भोलीबाटै सेवालाई प्रभावकारी बनाउँछौ : प्राधिकरण

नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रको प्रमुख पंकज कुमार गोईतले केहि हप्ता देखी कम्युटरमा स्लो हुने समस्या रहेको तर विग्रिएको अवस्था भने नरहेको जनाएको छ । यसलाई हामिले टेक्नीसियन ल्याएर पनि देखाको थियौँ, आफु काहाँ समस्या उनिहरुले सुनाएन मलाई चलिरहेको छ भन्ने लागेको थियो, “गहितले भने” गोईतले यसलाई तत्काल सुधार गरी भोलीबाटै कामलाई सहज बनाउने जनाए । गाहितले आजै तत्काल कम्प्युटर चेन्ज गरी नर्मल अवस्थामा ल्याउने जनाएको छ । उनले कम्प्युटरमा समास्या आएको भने स्वीकार गरे । सफ्टवेयर हो कहिले कहि समस्या त आउँछनै उनले भने,