
पूर्णपुष्टि,वैशाख ७ । लेनदेनको मुद्दामा बिगत पाँच वर्षदेखि फरार रहेका महोत्तरी जिल्लाका जलेश्वर नगरपालिकाको पूर्ववडा अध्यक्ष पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रवक्ता प्रहरी नायक उपरीक्षक दिलीपकुमार गिरीका अनुसार जलेश््रवर–१२, का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुरलाई पक्राउ गरेको हो ।
विसं २०७५ वैशाख ४ गते महोत्तरी जिल्ला अदालतद्वारा कैद सजाय तोकिएका वडाध्यक्ष विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका थिए। तर वडाध्यक्ष रहेकै अवस्थामा उनी लेनदेन मुद्दाका फरार प्रतिवादी पनि थिए।
लेनदेन मुद्दामा पैसा तिर्न नसकेर अदालतको फैसलापश्चात् विगत पाँच वर्षदेखि फरार रहँदै आएका पूर्ववडा अध्यक्ष ठाकुरलाई बुधबार गोप्य सूचनाका आधारमा प्रहरीले निजको घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । साथै उनले आज पूर्ववडा अध्यक्ष ठाकुरलाई महोत्तरी जिल्ला अदालतमा पेस गर्ने तयारी रहेकोसमेत बताए।
