Wednesday, August 5News That Matters

भुटानी सरनार्थी बनाई अमेरिका लैजाने भन्दै ५ करोड १९ लाख रुपैयाँ ठगी

पूर्णपुष्टि,बैशाख ७ । भुटानी शरणर्थी बनाएर अमेरिका लैजाने बन्दै ५ करोड १९ लाख रुपैयाँ ठगी गर्ने विरुद्ध १० जनाले प्रहरीमा छुट्टाछुट्टै किटानी जाहेरी दिएको छ । नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरु सम्पर्कमा आएका र उनीहरुले पाँच करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको किटानी जाहेरी दिएको जनाए ।

बुधवार काठमाण्डौ जिल्ला प्रहरी परिसर टेकुमा कागजातसहित थप कारबाहीका लागि बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी परिसरमा बुझाइसकेको छ ।

उनीहरुको मिलेमतोमा २०७७ सालदेखि अहिलेसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाका नागरिकलाई करोडौँ रकम ठगेका पाइएको प्रहरीले जनाएको छ । यसरी ठगीमा ८१ जना परेका छन् । अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ । पीडितहरुले फारम भर्न मात्रै १५ देखि २० लाख तिरेको तथ्य प्रहरीले फेला पारेको थियो ।