Tuesday, June 2News That Matters

घर नजिकै गाडेको अवस्थामा महिलाको शव भेटियो

पूर्णपुष्टि, बैशाख ७ । दाङको उपमहानगरपालिका–१२ रतनपुरमा गाडेको अवस्थामा एक महिलाको शव भेटिएको छ । बुधबार दिउँसो ४० बर्षीया शारदा केसीको उनकै घर नजिकै शव गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतक महिलाको श्रीमान मेघराज केसी भने हाल फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले बताएका छन् । श्रीमतीको हत्या पछि शव गाडेको हुन सक्ने प्रहरीको अनुमान छ । यस घटना सम्बन्धबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।