Tuesday, June 2News That Matters

युईफए च्याम्पियन्स लिग : वेनफिकालाई हराउदै इन्टर मिलान सेमिफाईनल प्रवेश

पूर्णपुष्टि, बैशाख ७ । युरोपियन च्याम्पियन्स लिगमा पोर्चुगिज क्लब वेनफिकालाई पराजित गर्दै इन्टर मिलान सेमिफाईनल प्रवेश गरेको छ । क्वाटरफाईनलको पहिलो लेगमा वेनफिकामाथि ०–२ को जित निकालेको इन्टरले दोस्रो लेगमा ३–३ को बराबरी खेलेपनि समग्रमा ५–३ को जित सहित सेमिफाईनल प्रवेश गरेको हो ।

इन्टरका लागी १४ औं मिनेटमा निकोलो बरेलाले गोल गर्दै आग्रता दिलाएका थिए भने खेलको ३८ औं मिनेटमा वेनफिकाका फ्रेड्रेरिक असनसनेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको ६५ औं मिनेटमा इन्टरकालागी लाउटारो मार्टिनजले र ७८ औं मिनेटमा जाओक्विन कोरेअले गोल गरे भने वेनफिकाका लागी ८६औं मिनेटमा एन्टोनिओ शिल्भाले र इन्जुरी टाईममा पिटर मुसाले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याएका थिए ।

अब हुने सेमिफाइनल खेलमा सिरी ए प्रतिद्वन्द्वी दुई मिलान क्लब बिच भिडन्त हुने भएको छ । इन्टर मिलानले वेनफिकालाई समग्रमा ५–३ ले पराजित गरेपछि सेमिफाइनलमा मिलान डर्बी हुने भएको हो । यसअघि एसी मिलानले नापोलीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।