Tuesday, June 2News That Matters

युईएफए च्याम्पियन्स लिग : बार्यनलाई हराउँदै सिटी सेमिफाईनल प्रवेश

पूर्णपुष्टि, बैशाख ७ ।
युरोपियन च्याम्पियन्स लिगमा जर्मन क्लब बार्यनलाई बराबरीमा रोक्दै इंग्लिस क्लब म्यानचेष्टर सिटी सेमिफाईनलमा प्रवेश गरेको छ । क्वाटरफाईनलको पहिलो लेगमा बार्यनमाथि ०–३ को जित निकालेको सिटीले दोस्रो लेगमा १–१ को बराबरीमा रोक्दै समग्रमा ४–१ को जित सहित सेमिफाईनलमा स्थान बनाएको हो ।

बुधबार राति बायर्नको मैदानमा भएको खेलको ३७ औं मिनेटमा सिटीले पेनाल्टी पाएको थियो । तर पेनाल्टीमा चुकेका एर्लिङ हालाण्डले ५७ औं मिनेटमा गोल गर्दै सिटीलाई आग्रता दिलाएका थिए भने ८३ औं मिनेटमा पेनाल्टी मार्फत बार्यनका लागी जोसुअ किमिचले गोल गरेपनि हार भने टार्न सकेन ।

सिटीले अब फाइनल प्रवेशका लागि साविक विजेता स्पानिस क्लब रियल मड्रिडसँग खेल्नेछ । सेमिफाइनलको पहिलो लेगका खेलहरु मे ९र १० मा हुनेछन् भने दोस्रो लेगका खेल मे १६ र मे १७ मा हुनेछ । यस सिजन सबैखाले प्रतियोगितामा गरी हालान्डले ४८ गोल गरिसकेका छन् ।