
पूर्णपुष्टि, ३२ जेष्ठ ।
माओवादी मजदुर पार्टीले केन्द्रीय कमिटी र जिल्ला कमिटी मनोनयन गरेको छ । बिहिबार त्रियुगा नगरपालिका ३ मोतिगडामा पार्टीको सचिवालय सदस्य हिमाल सिंह राईको संयोजकत्वमा तिन जना केन्द्रीय सदस्य र तिन जना जिल्ला कमिटीमा मनोनयन गरिएको हो । केन्द्रिय कमिटिमा निर्जला राई, मुना राई र ननिला राई मनोनयन हुँदा जिल्लामा कस्टिना मगर, रिता राई र सानु राई मनोनयन भएको हो । संयोजक हिमाल सिंह राईका अनुसार पूर्ण रुपमा केन्द्रीय कमिटी राख्नका लागि सदस्यहरु मनोनित गरिएको हो । हाल सचिवालय सदस्यहरुमा हिमाल सिंह राई, जगत कटुवाल, प्रदिप फुयाँल र गोरेन्द्र राई रहेको छ ।
