माघ ३ पछि सार्वजनिक स्थलमा खोप कार्ड अनिर्वाय

पूर्णपुष्टि, पुष २६
पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमणदर बढ्न थालेपछि माघ ३ गतेबाट अनिर्वायरुपमा कोरोना विरुद्धको खोप लगाएको कार्ड बोक्नु पर्नेछ । सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने छ । कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आइतबारको बैठकले सरकारसमक्ष यस्तो सिफारिस गरेको हो ।
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालका अनुसार विभिन्न सार्वजनिक स्थलमा प्रवेश गर्दा खोप लगाएको पास देखाउनु पर्ने छ । कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0