Sunday, May 17News That Matters

माटोको ढिस्कोमा पुरिएर एक महिलको ज्यान गयो

पूर्णपुष्टि,माघ २८

माटोको ढिस्कोमा पुरिएर जाजरकोटमा एक जना महिलाको ज्यान गएको छ । शिवालय गाउँपालिका–९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर ज्यान गएको हो ।

बुढाको छेडा–कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।