Sunday, May 17News That Matters

सवारी दुर्घटनामा परी एक पैदयात्रीको मृत्यु

पूर्णपुष्टि,माघ २८

मोटरसाइकलले ठक्कर दिँदा सुनसरीमा एक पैदयात्रीको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–५ कालाबञ्जार चोकमा मंगलबार मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ३९ बर्षीय महेन्द्र साहको मृत्यु भएकोे हो ।

प्रदेश १–०२–०४३ प ८८ २७ नम्बरको मोटरसाइकलले साहलाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते साहको धरानको घोपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साहलाई ठक्कर दिने मोटरसाइकलका चालक ३० वर्षीय घनश्याम धामी गम्भीर घाइते भएको र उनको घोपामै उपचार भइरहेको प्रहरीले जनाएको छ ।